नेपाललाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भयो : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ बैशाख ९, मंगलबार (४ घण्टा अघि)
  • ५२ पटक पढिएको
नेपाललाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस भइरहेको बताएका छन् । लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गरी उनले यस्तो बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौँ’, सन्देशमा उनले भनेका छन्, ‘यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दै छन् ।

उनले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने दाबी गरेका छन् । ‘पुँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको भन्दै वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्ने उनले सुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस