सीमा क्षेत्रमा भारतको एकलौटी छ, सरकारले वार्ता थाल्नुपर्छ : झलनाथ खनाल

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८२ बैशाख १०, बुधबार (७ घण्टा अघि)
  • ५९ पटक पढिएको
सीमा क्षेत्रमा भारतको एकलौटी छ, सरकारले वार्ता थाल्नुपर्छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल–भारत सीमा क्षेत्रमा भारतको एकलौटीबारे सरकारले वार्ता गर्नुपर्ने बताएका छन् ।

भारतले नेपाली भूमि मिचेर नेपाल–भारत सीमा क्षेत्रको महाकाली नदीको किनारामा तटबन्ध बनाउन लागेको विषयमा सरकार कानमा तेल हालेर बस्न नहुने उनको भनाइ छ ।

एक विज्ञप्ति जारी गर्दै खनालले सीमा क्षेत्रमा करिब ४० रोपनी नेपालको भूभाग महाकाली नदी पारी समेत पुगेको र भारतले एक एकलौटी ढंगले कब्जा गरेर भारतीय पक्षले त्यो भूभागमा तटबन्ध बनाइरहेको कुरा स्मरण गराएका हुन् ।

२०७० को बाढीको कारणले महाकाली नदीको धार परिवर्तन भएको छ । नदी पूर्वी किनारतिर केन्द्रित भएको कारण करिब ४० रोपनी नेपालको भूभाग महाकाली नदी पारी समेत पुग्न गएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

खनालले आफ्नै देशको भूभाग र सिमानाप्रति सरकारको घोर लापरवाही भएको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस