बैशाख ११,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको मोर्चाबन्दीलाई कसिलो बनाउन प्रयास गर्ने भएको छ ।
संघीय संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो नीति अवलम्बन गर्ने निचोड निकालेको हो ।
यसअघि पनि संसदमा विपक्षी दलहरू विषयका आधारमा एकतावद्ध भएर प्रस्तुत भएका थिए । सत्तापक्षले विपक्षी दललाई फाटोमा राख्न प्रयास गर्न सक्ने तर फेरि पनि आफूहरु सरकारको कामकारबाही र बजेटका विषयमा एक भएर प्रस्तुत हुनुपर्छ भन्नेमा रहेको माओवादी नेताहरू बताउँछन् ।