प्रधानमन्त्रीको टिप्पणीः सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु फत्रक्क गले

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ बैशाख १३, शनिबार (६ घण्टा अघि)
  • ५४ पटक पढिएको
प्रधानमन्त्रीको टिप्पणीः सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु फत्रक्क गले

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस सभापति स्वदेश फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्रक्क गलेको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरुलाई निर्देशनसमेत दिएका छन् । मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेकोे जानकारी पनि दिए ।

बजेट अधिवेशनमासमेत महत्वपूर्ण केही विधेयक पारित गर्नुपर्ने अवस्था देखिएको भन्दै ओलीले यसमा ध्यान दिन भनेका छन् । यस्तै ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा नरहने संकेत गरे । बैठकलाई उनले विश्वव्यवस्था खलबलिएको भन्दै एमसीसी नेपालसहित चार देशमा नरोकिए पनि अब बन्द पनि हुन सक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस