काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो ।
काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत ऋण सकारीको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । स्वर्णलक्ष्मीको दुई कार्यकाल सञ्चालक समितिमा बसेकी राइलाइै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी उनी निवासबाटै पक्राउ परेकी हुन् ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।