कांग्रेस महामन्त्री थापाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८२ बैशाख १४, आईतबार (१० घण्टा अघि)
  • ६१ पटक पढिएको
कांग्रेस महामन्त्री थापाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा थापाको अभिव्यक्तिलाई लिएर आइतबार अदालतमा अवहेलना दर्ता भएको हो ।

अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् । थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।

लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा उनले आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाइ डिल गरेको अभिव्यक्ति दिएका थिए ।

उनले अदालतले मिती सार्दै अल्झाइरहेको भन्दै उनले भने, अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ? दुई/तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ, त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’

थापाको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता थापाको भनाई छ । उक्त निवेदनमाथि मंगलबार पेसी तोकिएको अधिवक्ता थापाले जानकारी दिए ।

ताजा अपडेट

१२ घण्टा अघि

कविता: बाल संज्ञान 

खोजी गर्नुहोस