१. प्रतिनिधिसभा कास्की क्षेत्र न. २ को उपनिर्वाचन हाँक्ने क्रममा मैले विशेष गरी पोखरा महानगरपालिका वडा नं २१ को जिम्मेवारी पाएको थिएँ । त्यो वडाबाट नेकपालाई सर्वाधिक मतान्तरसहित मत खसेको हो । त्यो परिणामले मर्माहत भएका केही व्यक्तिले निर्वाचनमा आर्थिक
हिनामिना गरेको आरोपको नाटक मञ्चन गरी बिना आधार प्रमाण प्रकाशित समाचार हो यो ।
२. समाचारमा चुनावमा आर्थिक हिनामिनाको कुरा उठाइएको छ । चुनावमा कुनै आर्थिक कारोबार मबाट भएको थिएन । कहाँ ? कहिले ? कोसँग ? कारोबार गरेको भन्ने तथ्यबेगर कथा मञ्चन गरिएको हो । यो बिल्कुल निराधार हो । यदि प्रमाण भए पेश गर्न चुनौति दिन चाहन्छु ।
३. समाचारमा साँझपरेपछि सोमरस र मासुमा भुल्ने, पैसा उठाउने र खाने काममा व्यस्त रहे भनिएको छ । म चिया समेत खाँदिन, कैयौ वर्ष भयो चिया नखाएको, जाँड रक्सी खाँदिन । अनि मेरो चरित्र हत्या गर्नैकै लागि सञ्चारमाध्यमको दुरुपयोग गर्ने ? कहिले? कहाँ खाएँ प्रमाण
पेश गर्न चुनौति दिन चाहन्छु ।
४. निर्मल पोखरीमा राती २ बजेसम्म रक्सी र मासुसहित पार्टीका स्थानीय नेताहरुसहित विपक्षीसँग मिलेर खाँदै रमाउँदै बसेका थिए भनिएको छ । उक्त कुरा सरासर झूठ हो । म रक्सि खाँदिन । चुनावी प्रचारप्रसारको क्रममा खाजा खाना खाएको बाहेका रक्सी मासुमा भुलेको भन्ने
कुरा बिल्कुल गलत हो । कार्यकर्ताले, समर्थकको आर्थिक सहयोग लिई चुनावी खर्च टार्नुपर्ने हाम्रो बाध्यता हुन्छ, त्यस्तोमा मबाट कहिले पनि आर्थिक दुरुपयो सोच्न पनि सक्दिन । त्यो मेरो पार्टीका अग्रज र सहकर्मीलाई सोध्दा हुन्छ । यो बिल्कुल मेरो मानमर्दन हेर्तु कथा मञ्चन गरिएको हो । यदि मैले गरेको प्रमाण छ भने पेश गर्न चुनौती दिन चाहन्छु ।
५. ३ लाख ५० हजार हिनामिना गरेको भनी प्रकाशन गरेको छ । चुनाव सञ्चालनका लागि पार्टीका विभिन्न निकायबाट ३ लाख ५० हजार उठेको सत्य हो । सो रकम मेरो रोहबरमा पोखरा महानगरपालिका वडा न २१ पार्टी अध्यक्ष र सचिवले बुझ्नु भएको हो । त्यसको सबै हिसाबकिताब उहाँहरुकै दायित्वमा छ । छानबीन गर्न सकिन्छ । यति म गलत देखिएँ, भने हिनामिना गरेको ठहर भए, पार्टीले कारबाही गर्नसक्छ । कानुनअनुसार कारबाही भोग्नु तयार छु ।
६.समाचारमा पटकपटक काण्ड मच्चाउने भनिएको छ । त्यो भनेको के हो ? के काण्ड मच्चाएँ ? त्यसको प्रमाण पेश गर्न चुनौति दिन्छु । यथेष्ट प्रमाणबेगर खाली हल्का र हावादारी कुरा बाहेक यो केही हैन ।
७. मलाई जिल्ला पार्टीले गुटको आधारमा संरक्षण गरेको भनिएको छ । म यस्तो स्थानीयस्तरको पार्टीको कार्यकता हुँ, जहाँ गुटगत कुरामा बिरोध गर्ने मेरो बानी छ । म कहिले गुटको पछि लागिन र लाग्नेपनि छैन । मेरो बाँकी जीवन पार्टीकै लागि समर्पित छ । गुटको कुरा
ल्याएर मेरो राजनीतिक छवि धुमिल्याउने षडयन्त्र मात्र हो ।
-दिपक पौडेल