पुननिर्माण रफ्तार : दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

मंगलबारसम्मको तथ्याङ्कअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।
निजी आवास पुनर्निर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घरको पुनर्निर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चार लाख ५३ हजार ६८३ घरको पुनःनिर्माण भइरहेको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर निर्माण भइरहेको छ ।
यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस