जेठ १४,काठमाडौँ । अत्याधिक धुलोको कारण स्वास्थ्य र व्यवसायमा असर परेको भन्दै राजधानी भित्रने मुख्य चोक कंलकीमा आज स्थानियले सडक अवरुद्ध गरेका छन । स्थानिय शिवराज न्यौपानेका अनुसार सडकमा अत्याधिक धुलो बढेको र त्यसको नियन्त्रण गर्न नसकेको भन्दै सडक अवरुद्ध गरेको बताए ।
उनले भने-‘दिनको तिनचार चोटी पानी हाल्दिए धुलो उड्दैन थियो, तर यहाँ निर्माण गरेको भन्दैमा जनस्वास्थ्यमा असर पुयाएन त भएन नी ।’ उनले भने-‘हामी दुईटा माक्स लगाएर हिँडिरहेका छौँ ।’ उनले आफुहरु विकास निर्माणको विरोधी नभएको भन्दै जनता नै रोगी बनाएर विकास निर्माणको के काम ? भनेर प्रश्न समेत तेस्र्याए ।
सडक अवरुद्ध गरेपछि सम्बन्धित निकायले दैनिक तिन देखी चार पटक सम्म पानी हाल्ने सहमती भएको न्यौपानेले बताए । स्थानियको मागलाई वेवास्ता गरिए थप संघर्ष गर्न बाध्य हुने बताए । केहीबेर सडक अवरोध पछि अहिले निर्वाध सडक सञ्चालनमा आएको छ ।