जेठ २०,काठमाडौँ । २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस भएका छन् । चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा परेका छन् ।
नामावलीसहित यहाँ क्लिक गर्नुहोस् ।
५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस
५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेका छन् ।
नामावलीसहित यहाँ क्लिक गर्नुहोस् ।