अवैध तस्करीको बिगबिगी : नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ५,काठमाडौँ । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ ।

भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो ।

पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ । पछिल्लो समय बढ्दै गएको तस्करीलाई रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी सामान समातिँदै गएको छ ।

सोही क्रममा करीब रु पाँच लाख बराबरको अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय पठाउने तयारी गरेको छ । सोमबार बरामद सो मूल्य बराबरकोे फेयर एण्ड लब्ली, मरिच तथा कपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाउने तयारी गरिएको विओपी सशस्त्र प्रहरी बल हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले बताए ।

बरामद गरिएको सामानमा रु ५२ हजारको ४३१ पत्ता फेयर लब्ली, रु एक लाखको दुई बोरा मरिच, रु एक लाखको ५० रोल थान कपडा, रु एक लाख ५० हजारको १०२ पिस जयपुरी र १०८ पिस कठाइ साडी रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस