कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्यो : सप्तकोशी पुलको खाडलले लग्यो दुई जनाको ज्यान !

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ अषाढ ६, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ६,सुनसरी । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो । प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले ठक्कर दिएर कोशीमा झरेको थियो ।
घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस