अंशबण्डाको विवादमा बाबुले गरे छोराको हत्या

Post Thumbnail

असार १०,कपिलबस्तु । यसोधरा गाउँपालिका–३, हरदेवा गाउँमा बाबुले छोराको हत्या गरेका छन् ।

अंशबण्डाको विवादका कारण ७२ वर्षका बुबा मोहन बरइले ५० वर्षका छोरा तीरथ बराइलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । मोहन २ वर्ष अघि भारत गएपछि बाबुले उनको मृत्यु दर्ता बनाएर आफ्नो सम्पत्ति अन्य चार जनालाई भागबण्डा गरेका थिए ।

पछि छोरो आएर अंश माग्दा बाबुले छोरालाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस