नारायणगढ मुग्लिन सडकखण्ड ११ घण्टापछि सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ १२, मंगलबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार १२,चितवन । विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ ।

सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपरान्ह ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

अहिले सडक दुईतर्फी नै खुलेको छ । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सडकमा दुवै तर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस