फेरी दु:ख दियो कृष्णभीरको पहिरोले !

Post Thumbnail

असार १८,धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु१ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।

विकका अनुसार जीपको केहिवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन नपाएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

‘हामी अगाडि बढ्दै थियौं । माथिबाट माटो खसिरहेको थियो’, जीप चालकको भनाइलार्इ उदृत गर्दै एक उद्दारकर्ताले भने, ‘त्यसैबीच जीप पुरियो ।’

यसैबीच, दाङमा बाढीले बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।

प्रहरीका अनुसार नदीबाट पार गर्दैगर्दा सोमबार बिहान बस बिग्रिएको थियो । त्यहाँ बस अड्किएको केही समयपछि नदीमा पानीको बहाव बढ्दै गयो । र, बस ६ मिटर तलसम्म बगेको थियो ।

प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ । अहिले घटनास्थलमा पुगेको प्रहरी टोलीले बसलाई नदीको किनारमा ल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस