बर्षाको बितण्डा : बाढी, पहिरो र डुबानमा परी २२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ २०, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । बाढी, पहिरो र डुबानमा परेर दुई दिनमा देशका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले अहिलेसम्म २२ जनाको मृत्यु भएको, ९ जना घाइते र दुई जना बेपत्ता भएको जानकारी दिएको छ ।

केन्द्रले बाँकेमा चार, रोल्पामा तीन, सिन्धुली, सर्लाही, पर्सा र तनहुँमा दुई–दुई जनाको मृत्यु भएको जनाएको छ । यस्तै, कैलाली, चितवन, महोत्तरी, काठमाडौं, उदयपुर, सिरहा र दाङमा एक एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

केन्द्रमा कार्यरत गोवद्र्धन कार्कीले सर्लाही, तनहुँमा एक एक जना बेपत्ता भएको जानकारी दिनु भएको छ । तनहुँमा तीन जना, पर्सा र मकवानपुरमा दुई–दुई जना, कैलाली र उदयपुरमा एक–एक जना घाइते भएको उहाँले बताउनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस