धादिङमा ४ दशमलव ४ रेक्टर स्केलको परकम्पन

Post Thumbnail

साउन २,काठमाडौँ । धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्पन गएको छ । राती १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

ठूलो भूकम्पपछि साना परकम्प धेरै समयसम्म आइरहने भएकाले आत्तिनु नपर्ने उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस