साउन २ रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा बुधबार एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । अरु तीनजना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा पुथा गाउँपालिका वडा नम्बर–१ का बुद्धिराज पुन, सोही ठाउँका कुमार पुन, पुथा गाउँपालिका वडा नम्बर–१४ का सालिनी वर्मा र काठमाडौंकी ललिता परियार छन् ।
अरु मृतकको सनाखत हुन नसकेको रुकुमका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जनाकारी दिए ।
घाइतेहरुको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार भइरहेको छ ।
सिस्ने गाउँपालिकाको रुकुमबोटबाट सोही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै जीप बुधबार दिउँसो २ बजेतिर सडकबाट करिब १०० तल खसेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।