साउन २,काठमाडौँ । सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।
विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।
मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले यस्तो निर्णय गरेको हो । पीडितले सो क्षतिपूर्ति रकम जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पाउनेछन् ।