साउन ४,काठमाडौँ । जुम्ला घटनाका विषयमा जवाफदेही निगरानी समितिले प्रेस विज्ञप्ती निकालेर गम्भीर ध्यानाकर्षण भएको बताएको छ । समितीका संयोजक चरण प्रसाईले हस्ताक्षर गरेको विज्ञप्तीमा डा. गोबिन्द केसी सत्याग्रह बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल) परिसरमा सुरक्षाकर्मीद्वारा बलजफ्ती भएको प्रवेश, दमन, ज्यादती र डा. केसीलाई बलपूर्वक काठमाण्डौ हेलिकप्टरबाट ल्याईएकोमा आपती समेत जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ-यसै क्रममा उहाँको जुम्ला स्थित अस्पतालमा बसेको १५ औं भोक हड्तालको समयमा अस्पतालको संवेदनशीलतालाई ख्याल नगरी सुरक्षकर्मीहरु त्यसभित्र प्रवेश गरी दमन गरेको र प्राप्त समाचार अनुसार दर्जनौं केसी समर्थकहरुलाई घाईते बनाएको घट्नाप्रति निगरानी समिति निन्दा गर्दछ’
समितीले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउदै घट्नाको निष्पक्ष छानविन गरी दोषी उपर कारवाही गर्न सरकारसंग माग समेत गरेको छ ।