तरुण दलका जिल्ला सदस्य आचार्य पेस्तोलसहित पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण ७, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् ।
बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस