यस्तो देखियो २१ औँ शताब्दीकै लामो चन्द्रग्रहण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण १२, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १२,काठमाडौँ । २१औँ शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण शुक्रबार राति नेपालसहित विश्वका धेरै देशमा देखियो । शुक्रबार लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।


राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाकेको थियो ।

अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखेका थिए । त्यसपछि ग्रहण क्रमशः कम हुँदै गएर राति ४ बजेर ४ मिनेटमा सकिएको थियो ।

चन्द्रग्रहण सुरु भएपछि पहिले कालो हुँदै बिस्तारै रातो भएको थियो । त्यसैले यसलाई ‘ब्लड मून’ पनि भनिन्छ ।

नासाले अनुसार यो २१ औँ शताब्दीकै लामो चन्द्रगहण ३ घण्टा ५५ मिनेटको भएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस