विश्व बाघ दिवस : बाघ संरक्षण चुनौतीपूर्ण, यो बर्ष चितवनमा ११ बाघ मरे

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण १३, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १३,चितवन । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउन आज आठौँ विश्व बाघ दिवस मनाईँदै छ । यो वर्ष नेपालले ‘सम्वृद्धिका लागि बाघ’ नारा तय गरेको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले बाघ दिवस मनाउने घोषणा गरेको थियो । पिटर्सबर्ग मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो ।

रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यता हरेक वर्ष जुलाई २९ का दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।

बाघको संरक्षका लागि उनीहरुको बासस्थलको संरक्षण, संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरुको उठान तथा बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिवस मनाउने गरिन्छ ।

बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य

२० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या एक लाख रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३ हजार २०० मा झरेको तथ्यांक छ । बाघको संख्या घट्नुको मूल कारणका रुपमा,, जंगल फँडानी, जलवायु परिवर्तन, गैरकानुनी शिकारलाई लिईएको छ ।

यो प्रवृत्ति रोक्न भन्दै १३ मुलुक मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठ वर्ष पुुगेको छ ।

नेपालमा २ सय ३२ भन्दा केही बढी बाघ रहेको सरकारी तथ्याङ्क छ । पछिल्लो समय बाघको गणना गरेर तथ्याङ्क तयार भएपनि चितवनमा संख्या घटेका कारण सरकार बाघको संख्या सार्वजनिक गर्न डराएको छ ।

यद्यपि, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चितवनमा बाघको संख्या घटेको भन्ने कुरा हावादारी भएको र यो निकै प्राविधिक विषय भएकाले संख्या सार्वजनिक ढिलाई भएको विषयलाई अन्यथा भन्न नमिल्ले बताएका छन ।

उहाँले ठाउँ–ठाउँमा जोडिएको प्रविधिले खिचेका तस्वीरहरुको विश्लेषण गर्न समय लाग्ने बताउनु भएको छ ।

चितवनमा ११ बाघ मरे

विश्व बाघ दिवस मनाईरहदा चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए ।

उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन ।

पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहेपनि तिनको संख्या बढेको अनुमान गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ थियो ।

विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस