बलात्कारीलाई मृत्यूदण्डको व्यवस्था हुनुपर्ने भन्दै छात्रा मञ्चद्धारा गृहमन्त्रीलाई ज्ञापनपत्र

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण १४, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाडौँ । छात्रा मञ्च नेपालले बलात्कारीलाई फाँसीको माग गर्दै गृहमन्त्री राम बहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ स्थित सरस्वती मावी महोलिया उल्टाखाममा कक्षा ९ मा अध्ययनरत निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या गरिएको घटनाको निन्दा गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ । बलात्कार सम्बन्धी फितलो कानुन भएका कारण त्यसको फाईदा उठाउदै अपराधीहरुले महिलामाथी हिंसा गरिरहेको र महिलाको सुरक्षित बाँच्ने अधिकार गुमेकोबारे गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

मञ्चकी महासचिव आरती लामाले महिला हिंसा सम्बन्धी फितलो कानुन भएको कारण दिनप्रतिदिन महिला हिंसा बढीरहेको र बलात्कार गर्ने अपराधीलाई मृत्यूदण्ड नै दिनुपर्ने बताईन । उनले ६ बर्षकी बालिका देखि ६५ बर्षकी बृद्धालाई समेत बलात्कार गरिएको बताउदै यस्तो जघन्य अपराधीलाई हदैसम्मको कारवाहीको रुपमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने अनलाईन केन्द्रलाई बताईन ।

ताजा अपडेट

खोजी गर्नुहोस