साउन १५,काठमाडौँ । सशस्त्र प्रहरीमा एक महिनामा ५ सय २६ अधिकारीले सेवाबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा सबैभन्दा बढी वरिष्ठ हवल्दार छन् ।
सशस्त्र प्रहरी मुख्यालयले असार महिनामा मात्रै विभिन्न तहका ५ सय ३६ जनाले राजीनामा दिएको जनाएको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम पाण्डेले बैशाखमा १ सय जना, जेठमा १ सय ६० जना र असारमा ५ सय २६ जना गरी ३ महिनामा ७ सय ८६ जनाले राजीनामा दिएको जनाएको हुन् ।
उनका अनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् ।
त्यस्तै, सहायक निरीक्षक १ सय ३३ जना, जवान ९८ जना, नायब निरीक्षक २७ जना, हवल्दार ३१ जना, सहायक हवल्दार २२ जना, परिचर ७ जना र प्रहरी निरीक्षक ३ जनाले राजीनामा दिएका छन् । यो अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका छन् ।
समयमा बढुवा नभएका कारण उनीहरुले राजीनामा दिएको हुन सक्ने बताइएको छ ।
डिआईजी पाण्डेले यो समस्यालाई मध्यनजर गर्दै कर्मचारीहरुको वृत्ति, विकासलाई ध्यानमा राखेर काम भइरहेको बताए ।