साउन २१,भक्तपुर । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।
अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।
लगत्तै, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ ।