सूर्यबिनायक सामूदायिक जंगलमा इन्काउन्टरमा मारिनेको परिचय खुल्यो !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण २१, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २१,भक्तपुर । आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । दुई अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

उनीहरु भक्तपुरको सूर्य नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका थिए ।

बालक निशानको भने मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

हत्यापछि भागेर जंगलमा पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि जवाफी फायरिङ भएको थियो ।

प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस