६० किलो अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ

Post Thumbnail

भाद्र ५,दाङ । जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएको हो भने उनीहरुबाट प्राप्त सूचना फलो गर्ने क्रममा अन्य ३ जना पनि पक्राउ परेका थिए ।

पक्राउ परेको थप ३ जनाबाट उनीहरुले अमिलियाको जंगलमा ५० किलो चरेश लुकाएर राखेको खुलेपछि प्रहरी त्यसतर्फ गएको थियो । र, लमही–९ स्थित गोपी बुढाको मकैबारी नजिक झाडीमा ४ वटा बोरामा लुकाएर राखिएको ५० किलो चरेश बरामद भयो ।

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस