महेन्द्रनगरको कर्फ्यू हट्यो, आन्दोलनकारीसँग वार्ताको तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ८, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ८, महेन्द्रनगर । निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।

बिहीबार मात्रै कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी लिएर जिल्ला पुगेका एसपी कुबेर कडायतले अवस्था नियन्त्रणमा आएपछि बिहीबारदेखि जारी गरिएको कर्फ्यू अहिले बिहान ५ बजेबाट हटाएको जानकारी दिए ।

एसपी कडायतका अनुसार, सडकमा सवारी साधन गुडिरहेका छन् भने शैक्षिक संस्था, पसल अघिल्ला दिनको तुलनामा उल्लेख्य मात्रामा खुलेका छन् ।

आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन । एसपी कडायतले पीडित परिवार र आन्दोलनकारीसँग सम्पर्क गरेर आफूले वार्ताको पहल थालेको जानकारी दिए ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न माग गर्दै शुरु आन्दोलन चर्किएपछि सरकारले बिहीबार गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले पनि यसबारे छानबिन अघि बढाउने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस