भाद्र ८,कञ्चनपु्र । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय शनी खुना * छन् ।
घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।
निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।
यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।