भाद्र ९,धनकुटा । धनकुटाको मुख्य बजार चुवाको बोट नजिक आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा गम्भीर घाइते भएकी छन् ।
चुवाको बोट नजिकै रहेको एनआइसी एसिया बैंक अगाडि भएको घटनामा धनकुटाको चौबिसे गाउँपालिका–४ की ६१ बर्षीय पूर्णमाया भण्डारी घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
परिचयमोड तिरबाट बसपार्कतर्फ जांदै गरेको को २२ प ४८७५ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेकी वद्धालाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको टाउकोमा गम्भीर चोट लागेको छ ।
उनको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले बताएको छ ।
मोटरसाइकलका चालक चौबिसे गाउँपालिका–५ का खेमराज बस्नेत र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।