भाद्र ९, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
शनिबार बिहान प्रहरीले निर्मला पन्तको साथी रोशनी बम उनकी दिदी अनिता बमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिप्रका कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसरा उनीहरुलाई शनिबार ििबहान नियन्त्रणमा लिइएको र घटनामा संलग्न भए नभएको बारेमा सोधपुछ चलिरहेको छ। सोधपुछपछि मात्रै हिरातमा राख्ने नराख्ने निर्णय हुने डिएसपी ओझाले बताए।
अनिताले बलात्कारीलाई लुकाएको भन्दै स्थानीयले बिहीबार बेलुकी उनको घरमा तोडफोड समेत गरेका थिए।
रोशनी निर्मलाकी साथी हुन्। उनको घरबाट पढेर फर्कँदै गर्दा ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो