निर्मला हत्या प्रकरण : चार बुँदे सहमति गर्दै सर्वदलीय बैठक सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ९, शनिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र ९,कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय सर्वपक्षीय छलफलले चार वटा बुँदामा सहमति गरेको छ ।

शनिबार बसेको सर्वपक्षीय बैठकले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्ने, आन्दोलनका क्रममा ज्यान गएका सन्नी खुनालाई शहीद घोषणा गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको छ ।

यस्तै, घाइतेको उपाचार सरकारले ब्यर्होने, शारीरिक अशक्त भएका घाइतेको जीविकोपार्जनका लागि पहल गर्ने तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट सार्वजनिक सम्पत्तिमा भएको क्षति, भीड नियन्त्रणका क्रममा भएको बल प्रयोगको स्थितिका विषयमा निष्पक्ष छानबिन गरी दोषी उपर कारबाहीका लागि सरकारसँग आग्रह गर्ने र विरोधका कार्यक्रमलाई शनिबारबाट बन्द गर्ने सहमति भएको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले निर्मला हत्या प्रकरणमा निष्पक्ष र इमान्दारिपूर्वक छानबिन हुने बताएका छन ।

उच्चस्तरिय छानबिन समितिले सबै पक्षसँग बसेर छलफल गरेको चाडै नै छानबिन तथा अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताए ।

शुक्रबारदेखि लगाइएको कर्फ्यूको विषयमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुरक्षा समितिको बैठक बसेर त्यसबारे छलफल गरिने बताए ।

कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले अनुन्धानको लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी अनिता बमलाई नियन्त्रणमा लिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस