बिमस्टेक सम्मेलन : आज तीन घण्टा उडान र अवतरण अवरुद्ध हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १४, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १४,काठमाडौँ । बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ ।

सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउन लागेका हुन्।

यसको लागि बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले ले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विशिष्ट पाहुना आउनु १० मिनेट अघिदेखि आएको आधा घण्टासम्ममा अरु उडान रोकिनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान तथा अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, सम्मेलन सकिएलगत्तै केही देशका सरकार प्रमुख फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुनेछ । बाँकी बिशिष्ट व्यक्तिहरु फर्किने दिन शनिबार बिहान पनि केहीबेर उडान र अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ ।

बिमस्टेक बैठकका कारण विमानस्थलमा हवाई उडान प्रभावित हुँदा देश भित्र तथा विदेशका बिभिन्न ठाउँ उड्ने र बाहिरबाट काठमाडौं आउने सबै यात्रुलाई असर गर्ने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस