भाद्र १४, काठमाडौं । पोखराबाट काँकडभिट्टा गइरहेको रात्रिबस सप्तरीमा बिहीबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। ना५ख ६९४२ नम्बरको बस सप्तरी खडक नगरपालिका ६ मा दुर्घटना भएको हो।
सप्तरी प्रहरीका अनुसार अनियन्त्रित भई बस बिहान पौने चार बजे सडकको उत्तरपट्टि पल्टेको हो।
घाइते सबैको स्थानीय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसका चालक फरार छन्।