काठमाडौँ उपत्यकामा आज विजोर नम्बरका गाडी मात्रै चल्न पाउने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र १५, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १५, काठमाडौं । काठमाडौँ उपत्यकामा आज (शुक्रबार) विजोर नम्बरका गाडी मात्रै चल्न पाउने छन् ।

सरकारले बिमस्टेक सम्मेलन चलिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न भदौ १३, १४ र १५ गतेसम्म जोर–विजोर प्रणालीमा सवारी चलाउने निर्णय गरे अनुसार शुक्रबार विजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउने छन् ।

ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउने र १४ गते जोर नम्बरका गाडी चल्न पाउने जनाएको थियो । हिजो (बिहिबार) जोर नम्बरका गाडी मात्रै चलेका थिए भने आज (शुक्रबार) विजोर नम्बरका गाडी चल्न पाउनेछन् ।

नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर–विजोर लागु हुनेछ । आज सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७ र ९ भएका गाडी चलाउन पाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस