यति एयरलाइन्सको जहाज तान्न नसक्दा अन्तराष्ट्रिय विमानस्थल ठप्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १७, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १७,काठमाडौँ । शनिबार बेलुकी ८ ३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

विमानस्थल बन्द हुँदा राती उडान हुने जहाज स्थगित भएको छ भने राती बाहिरबाट आएका जहाजलाई दिल्ली, लखनउ लगायतका ठाउँमा डाइभर्ट गरिएको छ ।
विमानस्थल खुल्न अझै कति समय लाग्छ भन्ने निश्चित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार धावनमार्गमा रहेको यतिको जहाजलाई तान्ने प्रयास भैरहेको छ । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यति एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार बेलुकी धावनमार्गमा चिप्लिएको हो । जहाजमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस