अन्तर्राष्ट्रिय महिला सम्मेलन जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १९, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौं । काठमाडौंमा जारी अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलनमा आज महिला उद्यमशिलताको प्रर्वद्धनबारे विभिन्न कार्यपत्र प्रस्तुत हुँदैछ ।

ग्रामिण महिलाका उत्पादनको प्रर्वद्धन तथा बजार विस्तारीकरण, सुचना प्रविधी, ग्रामिण पर्यटन जस्ता महत्वपुर्ण विषयमा कार्यपत्र सहित छलफल हुने आयोजकले जनााएको छ ।

उद्योग व्यवसाय जस्ता क्षेत्रलाई महिला मैत्री बनाउन सकिने विषयमा आज छलफल हुने सम्मेलन आयोजक समितिकी अध्यक्ष प्रमिला आचार्य रिजालले जानकारी दिईन् ।

सम्मेलनमा सार्क आवद्ध मुलुकका महिलाका साथै अमेरिका बेलायत, युरोप, अफ्रिका लगायत २५ देशका १ सय भन्दा वढी महिला उद्यमीले सहभागिता जनाएका छन् ।

नेपाल जस्तो विकासोन्मुक राष्ट्रमा ग्रामिण महिलाको आर्थिक गतिविधीलाई प्रभावकारी बनाउन , बजारीकरणको समस्या समाधान खागगरि ग्रामिण पर्यटन प्रर्वधनमा महिला सहभागिता विषयमा बैठकमा छलफल हुने रिजालको भनाई छ ।

महिला उद्यमशिलताका अन्तर्राष्ट्रिय प्रयोग, सरकारले दिने सविधा लगायत विषयमा पनि बैठकमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, एकअर्काका सीप र दक्षताको आदान प्रदान गर्ने जस्ता विषयमा पनि सम्मेलनमा पनि छलफल भईरहेको छ ।

यस्तै विभिन्न उद्योगमा लगानी सम्वन्धी दुई पक्षीय र बहुपक्षीय सम्झौता समेत हुने अध्यक्ष रिजालको भनाई छ । सम्मेलन भोलि सकिने आयोजकले जनाएका छन् । अन्तर्राष्ट्रिय महिला सम्मेलन जारी

ताजा अपडेट

खोजी गर्नुहोस