भाद्र २१, काठमाडौं । स्वयम्भूमा कारभित्र एक पुरुष मृत भेटिएका छन् । स्वयम्भू स्तुपा नजिकै पार्किङमा राखिएको बा ८ च ७०२१ नम्बरको कारभित्र अन्दाजी ३० वर्षका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कारको सबै झ्यालढोका बन्द रहेको अवस्थामा शव भेटिएको हो । शवको पहिचान हुन बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।