निर्मलाको परिवारसँग प्रहरी महानिरीक्षककाे भेट: दोषी प्रहरी भएपनि कारबाही गर्ने आश्वासन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २२, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २२, कञ्चनपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग भेटघाट गरेका छन् । महानिरीक्षक खनालले बिहिबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् ।

भेटमा खनालले अपराधमा संलग्न दोषी जो सुकै भएपनि पक्राउ गरेर कारबाही गर्ने आश्वासन दिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए ।

‘हामीले प्रहरीको नियतमाथि शंका छ हजुर भन्यौँ, अनि उहाँले दोषी प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ तपाईहरु ढुक्क रहनुहोस भन्नुभएको छ, ‘ पन्तले भने ।

उनले घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापवार्हीका कुराहरु पनि महानिरीक्षक खनाललाई जानकारी गराएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस