भाद्र २५, काठमाडौं । काठमाडौंको सिनामंगल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ ।
बा ५८ प ४२९६ नम्बरको मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको तर परिचय खुल्न बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ आज विहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ ।
यसैबिच, सल्यानको शारदा नगरपालिका–१३ डाँगीमोडमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटाका ५५ वर्षीया हुकुमी बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। यस्तै, घाइतेमा बागचौर–१० पिपलनेटाका ६५ वर्षीय बलबहादुर बिक र सोही ठाउँका चालक २१ वर्षीय कमल बिक रहेको छन्। घाइतेको श्रीनगरस्थित मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बलबहादुरको अवस्था गम्भीर रहेको छ।
मृतक हुकुमी बलबहादुरकी श्रीमती रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जिप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २०० तल खसेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।