इन्द्रजात्राको साइत भोलिदेखि, राति लिङ्गोको रुख काटिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको इन्द्रजात्राको कार्यक्रम मंगलबार सुरु हुने बताएको छ।

समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले इन्द्रध्वजोत्थानको लिङ्गो लिन जाने वनयात्राको साइत मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा निस्किएको जानकारी दिए। मंगलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ।

काटिएको लिङ्गोलाई भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ। नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थान गर्ने साइत दिइएको छ। इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारीयात्रा गराइनेछ।

९ गते मंगलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइनेछ। असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ।

यसरी तीन साता लामो इन्द्रजात्रा असोज १२ गते शुक्रबार समाप्त हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस