१८ घण्टा अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

Post Thumbnail

भाद्र २७ चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झण्डै १८ घण्टापछि सञ्चालनमा आएको छ ।

मंगलबार बिहान साढे एब बजेदेखि अवरुद्ध बनेको सडक आज बेलुका ७ बजेदेखि सञ्चालनमा आएको हो । चितवनको चारकिलो भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।

रातिदेखि नै सडक अवरुद्ध भएका गाडी चापमा हुँदा लेनअनुसार अघि बढ्न गाडी चालकलाई प्रहरीले आग्रह गरेको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको थियो । ४ वटा डोजरले पहिरो पन्छाएपछि अहिले यातायात सञ्चालनमा आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस