भाद्र २७,कञ्चनपुर । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि अर्की बालिका बलात्कृत भएकी छन् ।
महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कृत भएकी हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ ।
घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय, दोधाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
धानबारीमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।