गणेश चतुर्थीमा गोल्डेन आई ग्रुपको पाँच गणेश दर्शन यात्रा

Post Thumbnail

भाद्र २८,काठमाडौँ । गणेश चतुर्थीको अवसरमा गोल्डेन आई ग्रुपले पाँच गणेश दर्शन यात्रा कार्यक्रम गरेको छ । निरन्तर ९ बर्षसम्म सञ्चालन हुँदै आएको पाँच गणेश यात्रा हरेक बर्ष गणेश जन्मिएका दिन गरिन्छ । काठमाडौ लगायत देशका विभिन्न जिल्लाका भक्तजनले काठमाडौमा रहेको अशोक विनायक, जलविनायक,ललितपुरमा पर्ने कार्य्विनायक र भक्तपुरमा पर्ने सुर्यविनायक र कमलविनायकको दर्शन गरिएको कार्यक्रमका संयोजक तथा गोल्डेन आई ग्रुपका अध्यक्ष अरुण सिलवाललले अनलाईन केन्द्रलाई जानकारी दिएका छन ।

पाँच गणेशको दर्शन गर्न झण्डै डेढ सय दर्शनार्थी सहभागी थिए । बाजागाजा सहित सबैभन्दा पहिले काठमाडौँको बसन्तपुरमा रहेको अशोक विनायकको दर्शन गरेर अघि बढेको भक्तजनको भिड चोभारमा रहेको जलविनायकको दर्शन गरी प्रसाद ग्रहण गरेर अन्य गणेशको दर्शन गर्न हिँडेको थियो ।

भक्तपुरको कमल विनायकमा पुगेर दर्शन गरी सकिएको यात्रामा भक्तजनले भोजनसंगै गणेशको महिमा गाएर नाचगान गरेका थिए । कार्यक्रमका संयोजक सिलवालले आगामी दिनमा पनि यसैगरी गणेश यात्रा गरिने बताए । उनले भने–’अहिले देशमा धर्मप्रती आस्था कम छ भनिन्छ तर दिनप्रतिदिन मानिसमा धर्मप्रती विश्वास बढ्दै गईरहेको मैले महसुस गरेको छु ।’ उनले गणेशको जन्मदिनमा गरिने यात्रामा सहभागी भएर भगवानको दर्शन गरे पुण्य मिल्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले भगवान गणेशको दर्शन पछी छुट्टै स्फुर्ती मिलेको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस