पहिरोले बडीगाड खोला थुनियो, आसपासका बस्तीमा जोखिम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ३०, शनिबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

भाद्र ३०, बाग्लुङ । बाग्लुङको बडीगाड खोला पहिरोका कारण थुनिएको छ । बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा शुक्रबार राति ११ बजेतिर गएको पहिरोका कारण खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा ताल बनेको छ।

ढोरपाटन नगरपालिका–१ र बडीगाड गाउँपालिकाको भर्याङ् क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो । खोला थुिनएपछि ढोरपाटन नगरपालिका–२ को सिमलचौर क्षेत्रका केही घर डुबानमा परेका छन् ।

पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बडीगाड आसपासमा रहेका गाउँहरुमा सचेत रहन आग्रह गरिएको एसपी रेग्मीले बताए । बाग्लुङ तथा गल्मीका केही गाउँमा जोखिम रहेको छ ।

बिहान पाँचबजेतिरदेखि थुनिएको ठाउँबाट पानी केही निकाश हुन थालेको छ । घटनाको जानकारी पाएपछि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेनासहितको टोली घटनास्थल पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस