असोज १,काठमाडौँ । महिला अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारा लुकाउन राज्य नै लागि परेको आरोप लगाएका छन् ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सोमबार गरेको कार्यक्रममा उनीहरुले घटनामा संलग्न व्यक्ति आफ्नो नजिकैको वा पार्टीको हो वा होइन भन्ने हेरिदा पक्राउ पर्न नसकेको बताएका हुन् ।
अर्का प्रतिनिधि सभा सदस्य सर्वद तारा खातुनले निर्मला पन्तको हत्यारा खोजी गर्न सरकार गम्भीर नभएको बताइन् ।महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रेणु अधिकारीले महिला तथा बालिकाहरु भारतीय सीमा क्षेत्रमा धेरै असुरक्षित रहेको बताइन् ।
इलामका महिलाहरुले निकाले र्याली
निर्मला पन्तको वास्तविक हत्यारालाई छिटोभन्दा छिटो सार्वजनिक गरी कानुनी कारवाहीको माग गर्दै इलामका महिलाहरुर्ले याली निकालेका छन् ।
गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको थियो घटना भएको लामो समय हुँदासमेत प्रहरीले हत्यारा पत्ता नलगाएको भन्दै इलामका महिलाहरुले सदरमुकाम इलाममा विरोध प्रदर्शन गरेका हुन् ।
महिला जागरण संघ इलाम र महिला उद्यमी विकास एकाई इलामले आयोजना गरेर्को यालीमा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता थियो । निर्मलाको हत्यारालाई कारवाही गर्न ढिलो गरेकाले विरोधमा उत्रन बाध्य भएको महिला जागरण संघ इलामकी अध्यक्ष बिष्णु दाहालले जानकारी दिइन् ।
र्
यालीमा सहभागीहरुले नारा लगाउँदै बजार परिक्रमा गरेर सदरमुकामको चोक बजारमा कोणसभा समेत गरेका थिए ।
सयौं सहभागी प्रदर्शनमा महिलाहरुले निर्मलाका निम्ति न्याय, बलात्कारको घटनाको अन्त्य गर, दोषीलाई कारवाही गर लगायतका नारा लेखिएको प्ले कार्ड समेत बोकेका थिए ।