बालाजु क्षेत्रमा विद्युत् कटौती, आज दिनभर बत्ति नबल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरण वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत् कटौती हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए।

उनका अनुसार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् काटिने छ ।

यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने जनजागृति, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् जाने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस