पेस्तोल देखाएर कुटपिट

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज ५, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ ।

रक्सी खाएर पेस्तोल देखार कुटपिट गरेको पीडित परिवाले बताएका छन् । विनोद साउँदको समूहले गोमती कार्की र उनका श्रीमान् नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको हो ।

साउदको समूहले घर नजिकै सडक छेउमा बाँधेका गाईलाई चुट्न थालेपछि नचुट्न आग्रह गर्दा पेस्तोल तेर्स्याउँदै ज्यान मार्ने धम्कीसहित आफ्नो श्रीमतीलाई कुटपिट गरेको पीडित कार्कीले बताए। कुटपिट गरी घाइते बनाइएकी श्रीमतीलाई स्थानीय अस्पतालमा उपचार गराएको उनको भनाइ छ ।

कार्कीले न्यायका लागि अस्थायी प्रहरी पोष्ट वनशाहमा उजुरी दिएका छन् । अस्थायी प्रहरी चौकी वनशाहाका प्रहरी सहायक निरीक्षक शङ्कर भट्टले विनोद साउदको समूहको खोजी भइरहेको र खोजी गरी छानबिन गरिने वताउनुभयो । सहायक निरीक्षक भट्टले साउदको खोजतलास गरिरहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस