असोज ५, काठमाडौं । काठमाडौंबाट दाङका लागि छुटेको बस नवलपरासीको मध्यविन्दु ११ कुसुण्डेमा दुर्घटनामा परेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । ना ६ ख ९२९ नम्बरको बस दुर्घटनामा परेको हो ।
विपरीत दिशाबाट आउदै गरेको आर जे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रकसँग ठोक्कि“दा बस दुर्घटनामा परेको हो ।
बसमा कम्तीमा ६० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुर र मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको छ ।